+
+

आईएमईद्वारा दैनिक र साप्ताहिक विजेतालाई पुरस्कार प्रदान

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १३:०९

काठमाडौं । आईएमईले सञ्चालन गरेको दशैं अफर योजना अन्तर्गत पहिलो साताको विजेता घोषणा भएको छ ।

दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत पहिलो साताको विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ ।

बिहीबार काठमाडौंको पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएको कम्पनीको भनाइ छ ।

रिया फाइनान्सियल सर्भिस बेल्जियम र अष्ट्रेलियाबाट पैसा पठाएका सेवाग्राही शर्मा र बरालले २५ हजार रुपैयाँका दरले उपहार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै सेवाग्राहीहरू कृष्णप्रसाद भुसाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शितलकुमार महतो, कृष्णकुमार कटुवाल र मनोज मेयाङ्गबो दैनिक विजेता छनोट भएका हुन् । विजेताहरुले एक/एक सेट सामसङ मोबाइल उपहार प्राप्त गरेका छन् ।

अफर अनुसार विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसङ मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँका दरले उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ ।

कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफरमा मुख्य थिममा आधारित हुनेछ । यो अफर १६ भदौदेखि १६ कात्तिक (१ सेप्टेम्बरदेखि २ नोभेम्बर, २०२२) सम्म कुल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?