+
+

कांग्रेसका नेताले गठबन्धनविरुद्ध भाषण गर्न मिल्दैन : मन्त्री खाँण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २५ गते १७:४७

२५ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताएका छन् ।

कांग्रेसको युवा संगठन नेपाल तरुण दल, काभ्रेले काठमाडौंमा गरेको कार्यक्रममा खाँणले पार्टी गठबन्धनमा आवद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धनले उठाएको उम्मेदवारहरुको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको बताए ।

‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँटमा पार्टीले आफ्नो अडान राख्नुपर्छ, तर गठबन्धन तोडेर हेरौं भनेर भन्नु हुन्छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन ।’

आफू कांग्रेस केन्द्रीय सदस्य र गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित गर्ने र शान्तिपूर्ण निर्वाचन गर्ने आफ्नो दायित्व भएको खाँणले बताए । ‘त्यो म पूरा गर्नेछु । हामी गठबन्धनमा आवद्ध छौं । गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनीयता हो । राजनीतिक धर्म र दायित्व हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?