
२६ भदौ, काठमाडौं । सेयर बजारमा परिसूचक नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ११.४७ अंक (०.५९ प्रतिशत) ले गिरावट भएर १९२६.२८ अंकमा बन्द भएको छ ।
बजार परिसूचक नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा अन्य उपसूचक भने ०.२९ प्रतिशतले वृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । आइतबार बजारमा कारोबार रकम करिब ७५ करोडभन्दा झरेको छ । आइतबार २५ लाख २४ हजार २२४ कित्ता सेयर किनबेच हुँदा ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको कारोबार भएको छ । गत साता बुधबार ८२ करोड र सोमबार ९० करोडमा सीमित भएको कारोबार रकम आइतबार त्यसभन्दा पनि घटेको छ ।
आइतबार कारोबार भएकोमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक ३ करोड ९५ लाख ७८ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड १७ लाख ५१ हजारको कारोबार भएको छ । आइतबार कारोबार अवधिभर कुल १८९ कम्पनीको सेयर कारोबार हुँदा १५६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै २६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ७ कम्पनीको सेयर मूल्य स्थिर भएको छ ।
आइतबार कारोबार भएको कम्पनीमध्ये मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ४.५६ प्रतिशतले वृद्धि हुँदा सामुदायिक लघुवित्तको सेयर मूल्य ३.८९ प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीको २.३१ प्रतिशतले वृद्धि भएको छ ।
यता सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य ५.३७ प्रतिशतले गिरावट हुँदा छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ५.३३ प्रतिशतले गिरावट भएको छ ।
(यसअघि कारोबार रकम ७५ करोड हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ-सं)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4