+
+

जाँडरक्सी खाएर गाडी चलाउँछन् स्कुल बस चालक पनि, २ जना कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १८:५९
ट्राफिक प्रहरी मापसे चेकिङ गर्दै गरेको फाइल तस्वीर ।

२६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा स्कुल बस चलाउने चालकले पनि जाँडरक्सी खाएर गाडी चलाउने गरेको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकलाई आइतबार कारबाही गरेको छ ।

बिहान साढे ५ बजेदेखि साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन् । कारबाहीमा पर्नेमा प्रदेश ३-०१-००३ क ५७४७ नम्बरको आईएसएल कलेज ज्ञानेश्वरका बस चालक धनकुमार लामा र  बा २१ च ६६०९ नम्बरको  प्रोमिनेट कलेज नेपालटारका माइक्रो बस चालक भीमनारायण श्रेष्ठ रहेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चेकिङको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

मदिरा पिएर स्कुल बस चलाउने चालकलाई नियन्त्रणमा लिएर कारबाही गरी सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाइएको भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?