+
+

साफ महिला च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते ९:२९

२७ भदौ, काठमाडौं । काठमाडौंमा भइरहेको साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे दशरथ रंगशालमा हुनेछ ।

आजको खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने नेपालको योजना छ ।

नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो ।

दुई खेल खेलिसकेको भुटान भने एक जित र एक हारको नतिजापछि समूह बी बाट यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । भुटानले श्रीलंकालाई ५-० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।

श्रीलंकासँग बराबरी वा जितले नेपाल समूह विजेता बन्नेछ । श्रीलंकाले भने सेमिफाइनल पुग्न नेपाललाई पाँच अन्दा बढी गोल अन्तरले हराउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?