+
+

४० लाख पारिश्रमिक मागेका धीरजले ‘भगवत् गीता’ खेल्लान् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १२:११

काठमाडौं । अभिनेता धीरज मगरले झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’ गर्ने गाइँगुइँ पनि चल्यो । निर्माताले पनि अप्रोच गरेकै हुन् ।

धीरजले महंगो पारिश्रमिक मागेपछि कुरा नमिलेको निर्माताको तर्क छ । जसलाई धीरज स्वयंले पनि अस्वीकार गरेनन् । धीरजले आफूसँग ४० लाख रुपैयाँ पारिश्रमिक मागेको निर्माता सुनिलकुमार थापा बताउँछन् ।

जसलाई स्वयं धीरज पनि स्वीकार्छन् । ‘उहाँले त्यति पारिश्रमिक माग्नुभएको हो । पछि केही घटाएर पैसामा कुरामा मिले पनि फिल्म साइन भएन’ थापाले अनलाइनखबरसँग भने ।

हालैको एक मिडिया कुराकानीमा पनि धीरजले आफूले त्यति पारिश्रमिक डिजर्भ गर्ने बताउँदै मागेको स्वीकारे । ‘मेरा लागि पारिश्रमिक दोस्रो कुरा हो, मुख्य कुरा मैले स्क्रिप्ट नै पाएको छैन,’ यो हल्लाबारे धीरजले भने ।

धीरजले फिल्म नगर्ने भएपछि निर्माता थापाले भगवत् गीताको लागि नयाँ हिरो खोजिरहेका छन् । उनी झरनालाई लिएर लोकेसन खोज्न सोमबार जनकपुर जाँदैछन् ।

हिरो बिनै निर्माता जनकपुर उडेपछि धीरजको सम्भावना अझै फिल्ममा देखिएको अनुमान गर्न सकिन्छ । तर निर्माता थापाले नयाँ हिरो लिएर आफैं छायांकनमा जाने बताए ।

पारिश्रमिकको कुरा गर्दा नेपाली फिल्ममा अनमोल केसी महंगा अभिनेता हुन् । ‘छड्के २’मा उनले ५० लाख रुपैयाँ पारिश्रमिकमा काम गरिरहेका छन् । डेब्यु फिल्म ‘इन्टुमिन्टु लण्डनमा’बाट हिट भएपछि धीरज महंगिएका हुन् ।

धीरजले अदिती बुढाथोकीसँग नयाँ फिल्म खेल्दैछन् भने निर्देशक दीपेन्द्र लामाको अनटाइटल नयाँ प्रोजेक्ट पनि पाइपलाइनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?