+
+
Shares

नेकपा बहुमतको नाममा चन्दा उठाउने समातिए

धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नाममा चन्ज्दा उठाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नाममा चन्दा उठाउने आरोपमा शम्भुप्रसाद जैसी पक्राउ परेका छन् ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैतडीका ४० वर्षीय जैसीलाई बिजुलीबजारबाट पक्राउ गरेको हो ।
  • प्रहरीका अनुसार उनले व्यवसायीहरूलाई धम्कीपूर्ण फोन गरी चन्दा आतंक फैलाएको र उजुरीपछि पक्राउ गरिएको हो ।

९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नाममा चन्दा उठाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–३ घर भएका ४० वर्षीय शम्भुप्रसाद जैसी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिजुलीबजारबाट पक्राउ गरेको हो । पार्टीलाई आर्थिक सहयोग भन्दै व्यवसायीहरूलाई धम्कीपूर्ण फोन गर्दै चन्दा आतंक फैलाएको प्रहरीले जनाएको छ ।

चन्दाको धम्की आएपछि व्यवसायीहरूले लिखित उजुरी नै दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई थप अनुसन्धनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?