News Summary
Generated by OK AI. Editorially reviewed.- वर्षाका कारण सिस्डोल ल्याण्डफिल्ड साइटमा लेदोसहितको पानी बग्न थालेपछि फोहोर ढुवानी र बिसर्जन रोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
- महानगरपालिकाले केही समय फोहोर बिसर्जन रोकिने भन्दै घर बाहिर फोहोर ननिकाल्न अनुरोध गरेको छ।
- महानगरले घर, पसल, व्यवसाय र कम्पाउण्डको फोहोर सडक, चोक, सार्वजनिक स्थल, खोला नाला र खुला स्थानमा नफाल्न आग्रह गरेको छ।
९ असोज, काठमाडौं । वर्षाका कारण सिस्डोलस्थित ल्याण्डफिल्ड साइटमा लेदोसहितको पानी बग्न थालेको छ । जसले गर्दा फोहोर ढुवानी तथा बिसर्जनको काम रोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले केही समय फोहोर बिसर्जनको काम रोकिने भन्दै घर बाहिर फोहोर ननिकाल्न अनुरोध गरेको छ । महानगरले आफ्नो घर पसल व्यवसाय तथा कम्पाउण्डबाट फोहोर सडक, चोक, सार्वजनिक स्थल, खोला नाला र खुला स्थानमा नफाल्न अनुरोध गरेको छ ।
वर्षा र ल्याण्डफिल्ड साइटको अवस्था सामान्य हुनासाथ फोहोर संकलन र ढुवानी नियमित हुने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4