+
+

अध्यागमनलाई रीमाको प्रश्न : सन्दीपलाई कालोसूचीमा राख्नु कति न्यायपूर्ण ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १५:१५

काठमाडौं । नाबालिका बलात्कारको उजुरीपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालतले पक्राउ पूर्जी जारी गर्‍यो ।

क्यारेबियन लिग खेल्न गएका केन्या पुगेका सन्दीप कहिले नेपाल फर्कने हुन् टुंगो छैन । यस्तोमा सन्दीप नआउँदै उनलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ ।

कालोसूचीमा राख्नुको अर्थ, उनलाई त्रिभुवन विमानस्थलको अध्यागमनमै पक्राउ गर्ने प्रहरीको तयारी हो । क्रिकेटबाट देश विदेशमा नाम चम्काएका सन्दीपको यो प्रकरणलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन् ।

अभिनेत्री, मोडल तथा सञ्चारकर्मी रीमा विश्वकर्माले कालोसूचीमा राख्ने अध्यागमनको निर्णयप्रति प्रश्न उठाएकी छिन् । अन्तर्राष्ट्रियस्तरको खेलाडीलाई कालोसूचीमा राख्ने कुरालाई उनले कति न्यायोचित भन्दै प्रश्न गरेकी छन् ।

उनी लेख्छिन्, ‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनुपर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन । तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तराष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’

केही दिनअघि अभिनेता सन्तोष पन्तले पनि उजुरी दिने नाबालिकाको नियतमाथि प्रश्न उठाएपछि विवादमा तानिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?