+
+

जसपाका संघीय र प्रदेश सांसद एमालेमा प्रवेश, ओलीलाई २०५ किलोको माला

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १६:२५

२७ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।

प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् ।

यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साहसहितका पनि एमाले प्रवेश गरेका छन् ।

जनकपुरधाममा भएको कार्यक्रममा उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गमछा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

ओलीलाई २०५ किलोको माला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाममा २०५ किलोको मालाले स्वागत गरिएको छ ।

एमालेको जनकपुरधाम नगर कमिटीका पदाधिकारीले अध्यक्ष ओलीलाई २०५ किलोको फूलको मालाले स्वागत गरेका हुन् ।

सोमबार पार्टी प्रवेश गराउन जनकपुरधाम आएका ओलीलाई तिरहुतिया गाछीमा आयोजित कार्यक्रमकाबीच ओलीलाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?