+
+

राष्ट्रपतिसँग प्रदेश सभामुख र उपसभामुखको बिदाइ भेट

रासस रासस
२०७९ भदौ २८ गते १९:४०

२८ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले बिदाइ भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले उनीहरुलाई सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रको सेवालाई गुणस्तरीय तुल्याउने कार्यमा सहयोग पुर्‍याउन सुझाव दिए ।

उनले भने, ‘राज्यको ढुकुटीको ठूलो हिस्सा सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा जान्छ, त्यसको निगरानी गर्न र जनतालाई गुणस्तरीय सेवा दिनेलगायतका सामाजिक कार्यमा लाग्नुस् ।’

राष्ट्रपति भण्डारीले जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर प्रदान गर्ने दल र आममतदातालाई धन्यवाद ज्ञापन गर्न सल्लाह दिँदै पुनः जिम्मेवारी प्राप्त गर्ने वा के गर्ने भन्नेमा चिन्ता नलिई ढुक्कका साथ सामाजिक काममा सक्रिय हुन सुझाव दिए ।

सो अवसरमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उहाँकै संयोजनमा काठमाडौँमा आयोजित स्वास्थ्य सतर्कतासम्बन्धी कार्यक्रम तथा प्रदेश सभामुख र उपसभामुखले प्रदेश नं १ को आयोजनामा धनकुटामा भएको आफ्नो कार्यकालको समीक्षाको निष्कर्ष प्रस्तुत गरे ।

उनीहरुले प्रदेशको अभ्यास नयाँ संरचना भए पनि विविध चुनौतीका बीच सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताएको राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

बिदाइ भेट गर्न पाँच प्रदेशका सभामुख र उपसभामुख तथा लुम्बिनी प्रदेशका उपसभामुख शीतल निवास पुगेका हुन् । उक्त बिदाइ कार्यक्रममा मधेस प्रदेशका सभामुख र उपसभामुख भने उपस्थित हुन्थेन ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते घोषणा भइसकेको र आगामी असोज १ गतेदेखि कार्यकाल समाप्त हुन लागेका बेला उहाँहरुले राष्ट्रपतिसँग बिदाइ भेट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?