+
+

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते ११:१३

२९ भदौ, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले २९ भदौ बुधबारबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि धितोपत्रको सार्वजनिक निष्कासन गरी बाँडफाँट गरेपश्चात् सर्वसाधारणको लागि आवेदन माग गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता सेयर सार्वजनिक निष्कासमा मार्फत बिक्री खुल्ला गरेकेा छ । जसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ता सेयरका लागि सार्वजनिक निष्कासन मार्फत कम्पनीले आवेदन माग गरेको छ ।

कम्पनीको आईपीओमा छिटोमा २ भदौ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि १२ भदौसम्म थप हुनेछ । इच्छुक लगानीकर्ताले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फत आवेदन दिन सक्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाखसम्म कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसअघि कम्पनीले ६ साउनदेखि आयोजना प्रभावित कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरुका लागि जारी पुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

आईपीओ निष्कासनको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिममा रहेको जनाउँछ ।

कास्कीको मादी गाँउपालिकामा कम्पनीले १३ मेगावाट क्षमताको मद्क्यु खोला जलविद्युत आयोजना निर्माण गरी १९ चैत २०७४ देखि विद्युत् उत्पादन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?