+
+

७०० करोड भारुमा ‘महाभारत’ बन्दै, फाइभ-डी फिल्ममा अक्षयकुमारदेखि अजय देवगणसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते ११:४०

काठमाडौं । भारतमा अहिलेसम्म ‘महाभारत’मा आधारित एउटा मात्र फिल्म बनेको छ, जसमा प्रदीपकुमार, पद्मिनी र दारासिंहले अभिनय गरेका छन् । जी नाडियावालाले यसलाई निर्माण गरेका थिए ।

‘हेराफेरी’ र ‘वेलकम’ निर्माण गरेका उनका छोरा फिरोज नाडियावालाले ‘महाभारत’लाई पुनः निर्माण गर्दैछन् । अहिलेसम्म पर्दामा नहेरिएको भव्यता पस्कने उनको तयारी छ ।

‘महाभारत’ निर्माण सुरु भएको र भारतीय फिल्ममा अहिलेसम्मकै भव्य दृश्यभाषामा उतार्ने योजना रहेको उनले बताएका छन् । ४-५ वर्षदेखि नै पटकथा लेखन सुरु भएको प्रि-प्रोडक्सनमै दुई-तीन वर्ष लाग्ने जनाइएको छ ।

सन् २०२५ बाटै छायांकन सुरु हुने जनाइएको छ । हिन्दी र अन्य भाषामा समेत निर्माण हुने फिल्मको रिलिज चाहिं सन् २०२५ को अन्त्यमा गर्ने बलिउड हंगामाले जनाएको छ ।

महाभारतको सम्पूर्ण कथालाई तीन घण्टामा सुनाइनेछ । निर्माता फिरोज नाडियावाला विश्वस्त छन् कि यो फिल्मले मार्भल र डीसी फिल्महरु द लर्ड अफ द रिङ्स, गेम अफ थ्रोन्स, स्टार वार्स र ह्यारी पोर्टरजस्ता फिल्मको लागि भारतको जवाफ हुनेछ । ७०० करोड भारु बजेट रहने महाभारत अहिलेसम्मकै महंगो भारतीय फिल्म समेत हुनेछ ।

फिल्मका कलाकारमा अक्षयकुमार, अजय देवगण, रणवीर सिंह, परेश रावल, नाना पाटेकर, अनिल कपुर रहने जनाइएको छ । यो कुरा जान्नु रोचक हुनेछ कि कसले कुन चरित्रमा अभिनय गर्नेछन् । निर्माताले चलेका नायिकालाई नै पनि लिने तयारी गरिरहेका छन् । निर्देशकको खोजी भइरहेको छ ।

सन् १९६५ को फिल्म महाभारत भारतीय बक्स अफिसमा व्यावसायिक रुपमा सफल भएको थियो । फिरोज र उनको समूहले यस्तै संरचनाको कथावस्तुलाई पछ्याइरहेको छ । महाभारत भारतीय फिल्मको गेम चेन्जर हुने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?