+
+

नगर प्रमुखको पारिश्रमिकबाट १४९ जनालाई छात्रवृत्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १५:५०

२९ भदौ, बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा सुविधा वापत पाउने रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

५८ औं राष्ट्रिय बाल दिवसकोे अवसरमा बुधबार नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४९ जना जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई ४ हजार रुपैयांका दरले छात्रवृत्ति बाँडेका हुन् । निर्वाचन घोषणापत्रमा खंणले आफूले पाउने सेवा सुविधालाई छात्रवृत्ति वितरण गर्ने प्रतिवद्धता जनाएका थिए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको खाणले बताए ।

यसअघिका नगर प्रमुख वासुदेव घिमिरेले पनि चुनावी प्रतिवद्धता अनुसार नगर प्रमुखका रुपमा पाएको ५ वर्षे कार्यकालको सबै सेवा सुविधाको रकम सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका थिए ।

घिमिरेले स्थापना गरेको नगर प्रमुख छात्रवृत्ति कोषमा जम्मा भएको रकममा हालका नगर प्रमुख खाणले २ महिनाको सेवा सुविधा थपेर छात्रवृत्ति वितरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?