+
+

माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप र वेभसाइटमार्फत रेमिट्यान्स प्राप्त गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १७:०१

काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप र वेभसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सक्ने सुविधा सञ्चालनमा ल्याएको छ । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप वा वेभसाइट मार्फत् अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधा अन्तर्गत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर रिक्वेस्ट रेमिट मार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिने छ ।जसअन्तर्गत नेपालमा रहेका व्यक्तिले आफूलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन् । उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिलै र सहजरुपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् । यो सुविधा विदेशमा रहेका नागरिकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरी पनि पठाउन सक्नेछन् ।

विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा अमेरिका, युरोप तथा नेपालमा बसेका ग्राहकले विना झन्झट एकै क्लिक गरी घरमै बसेर उक्त रेमिट्यान्स सुविधाको प्रयोग गर्न सक्नेछन् ।

यो सुविधाको प्रयोग रेमिट्यान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन् । हाललाई अमेरिका तथा युरोपमा रहेका नागरिकहरुले मात्र यो सुविधा प्रयोग गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?