+
+

करिश्मा एमाले संस्कृति विभाग सदस्यमा मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १७:३१

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभाग सदस्यमा मनोनित भएकी छन् ।

गत चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरलाई एमालेले विभाग सदस्यको जिम्मेवारी दिएको हो । यो विभागका प्रमुख रघुजी पन्त छन् भने सचिव राजेश थापा छन् ।

‘करिश्मा मानन्धरलाई विभागको सदस्य मनोनित गर्नु भन्ने निर्देशन आएपछि गरिएको हो,’ विभागका एक सदस्यले भने । दशौं महाधिवेशन पछाडि एमालेको विभागीय सदस्य मनोनित अध्यक्ष केपी शर्मा ओली आफैंले गर्दै आएका छन् ।

करिश्माले पनि आफूलाई पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने अनलाइनखबरलाई बताइन् । ‘पार्टीको जिम्मेवारी पूरा गर्ने यो मेरो अवसर हो,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?