+
+

थप ११९ जनामा कोरोना संक्रमण, १३० जना संक्रमणमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १७:३१

२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८४ जनाको परीक्षणमा ११९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९५५ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र २ हजार १२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ११९ जना होम आइसोलेसनमा रहेका छन् भने ७२ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् ।

यस्तै १ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ६७३पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?