+
+

क्लासिक टेकको ‘फेस्टिबल अफर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १४:३५

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैं पर्वको अवसरमा ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ । उक्त अफर अनुसार १०० एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यस्तै आईपीटीभीको शुल्क पनि मासिक १५० रुपैयाँमात्रै रहेको कम्पनीले जनाएको छ । यस्तै भिडियोकोनको ३२ र ४३ इन्चको स्मार्ट टीभी पनि पाइने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

३२ इन्चको एलईडी टीभीको मूल्य मात्र १३ हजार २७३ रुपैयाँ रहेको जनाएको छ । त्यस्तै ४२ इन्चको स्मार्ट टीभीको मूल्य २५ हजार ६६३ रुपैयाँ पर्नेछ । ग्राहकले बजारको मूल्य भन्दा ५० प्रतिशत कम मूल्यमा उक्त बन्डल अफर पाउने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?