+
+

‘आईएमई पे’को ‘डिजिटल दशैं-तिहार’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १८:१८

काठमाडौं । आईएमई पेले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि ‘आईएमई पे डिजिटल दशैं-तिहार-२०७९’ अफर सार्वजनिक गरेको छ । १ असोजदेखि सुरु भएको यो अफर १५ कात्तिक २०७९ सम्म लागू हुने छ ।

दराजसँगको सहकार्यमा सार्वजनिक गरिएको यस अफरमा आईएमई पे मार्फत अफर अवधिभर कुनै पनि भुक्तानी गर्दा दैनिक सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिसहोमको २०० एमबीपीएसको १ वर्षे फाइबरनेटको प्याकेज प्राप्त हुने भएको छ । आईटीभीको प्याकेज, दराजको हजारौँ भौचर कोडदेखि १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाइम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर ई–स्कुटर उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ ।

आईएमई पे मोबाईल वालेटमार्फत विभिन्न कार्य तथा सेवाका लागि सहजै अनलाइन भुक्तानी गर्न सकिन्छ । डिजिटल भुक्तानी सुविधालाई ग्राहक माझ बढाउन महा–अफर मार्फत आईएमई पेबाट विभिन्न भुक्तानी गरे बापत समेत उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

अफर अवधिभर आईएमई पेबाट क्यूआर भुक्तानी गर्ने ५ जनाले सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाइल रिचार्ज गर्ने १ जनाले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाई टिकट काट्ने २ जनाले १ तोला २४ क्यारेट सुन (प्रति), आईएमई पेमा बैंकको खाता लिंक गर्ने २ जनाले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन प्लस (प्रति) र आईएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जनाले सामसुङ स्मार्ट टीभी(५५ इन्च प्रति) पाउने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?