+
+

बारका पूर्व महासचिव भन्छन् : चोलेन्द्र अर्को खिलराज बन्ने तयारीमा थिए

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते २०:५५

३० भदौ, काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलले आफूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एकल रुपमा भेटेको प्रमाणित गरे वकिलको लाइसेन्स च्यातेर हिँड्ने बताएका छन् । उनले उच्च अदालतको न्यायाधीश बन्न खोजेको भनेर जबराले लगाएको आरोप खण्डन गरे ।

महाअभियोग सिफारिस ससितिको बिहीबारको बैठकमा उपस्थित बार पूर्व महासचिव पौडेलले आफूले व्यक्तिगत लाभका लागि जबरालाई कहिल्यै नभेटेको बताए ।

आफू उच्च अदालतको न्यायाधीश हुन खोजेको र सञ्जीवकुमार लामालाई न्यायाधीश बनाउन खोजेको जबराको आरोप अस्वीकार गर्दै उनले भने, अहिलेसम्म उहाँलाई सिंगल भेटेको छैन, त्यो प्रमाणित गर्नुभयो भने लाइसेन्स च्यात्छु, वकालत गर्दिन ।’

बरु जबरा भने विचौलिया भएको पौडेलले बताए । जबराले एकै समय केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डलाई खल्तीमा राख्नसक्ने भन्दै उनले भने, ‘उहाँले त्यसबखत भनेको सबै सार्वजनिक गर्दिनँ, तर यो मुलुकको सारा बागडोर म हाँक्छु भन्नेमा तयारीमा हुनुहुन्थ्यो । खिलराज रेग्मी (बन्ने) तयारीमा हुनुहुन्थ्यो ।’

सर्वोच्चका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी २०७० सालमा गैरदलीय चुनावी सरकारको मन्त्रिपरिषद अध्यक्ष बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?