+
+

कांग्रेस नेता विजयराज घिमिरेको निधन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते ९:३४

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको निधन भएको छ । उनको गएराति ८ः१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको आजै अपराह्न १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने नेपाली कांग्रेसका केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार थिए । वि.सं. २०२५ सालमा जन्मिएका घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

उनको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको नेपाली कांग्रेसले जनाएको छ । यसैबीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?