+
+

इन्स्टाग्राममा आउँदैछ रि–पोस्ट फिचर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते ११:१५

काठमाडौं । फोटो–भिडियो शेयरिङ प्लाटफर्म इन्स्टाग्राममा अब छिटै रिपोस्ट अप्सन उपलब्ध हुने भएको छ । यो फिचरले ट्वीटरको रिट्वीट फिचरले जस्तै काम गर्नेछ । यसमा प्रयोगकर्ताले अन्य प्रयोगकर्ताका पोस्टहरु आफ्नो प्रोफाइलमा रिपोस्ट गर्न सक्नेछन् । फेसबुकमा पनि अन्य प्रयोगकर्ताका पोस्टहरु शेयर गर्ने सुविधा उपलब्ध छ ।

समाचार अनुसार इन्स्टाग्राममा हाल केही प्रयोगकर्ताको बीच उक्त रिपोस्ट फिचरको परीक्षण गरिरहेको छ । टेक क्रन्चको एक रिपोर्ट अनुसार इन्स्टाग्रामका प्रवक्ताले उक्त कुराको पुष्टि गरेका छन् । इन्स्टाग्राम पोस्टलाई पुनः शेयर गर्ने अर्थात् रिपोस्ट गर्ने फिचरमा काम गरिरहेको उनको भनाइ छ । इन्स्टाग्राम पोस्ट मात्र नभएर स्टोरीलाई पनि पुनः शेयर गर्नसक्ने फिचरमा पनि काम भैरहेको उनले बताए ।

मेटा स्वामित्वको इन्स्टाग्रामले हालै आफ्नो प्राइभेसी फिचरमा विभिन्न परिवर्तन गरेको छ । जस अनुसार अब १६ वर्षभन्दा कम उमेका प्रयोगकर्ताले संवेदनशील सामाग्री देख्न सक्ने छैनन् ।

इन्स्टाग्रामले यसको आधिकारिक घोषणा गर्दै संवेदनशील सामग्रीबाट बालबालिकालाई जोगाउनका लागि प्राइभेसी फिचरमा परिवर्तन गरिएको बताएको छ, जस अनुसार किशोर प्रयोगकर्ताका लागि संवेदनशील सामाग्रीहरु डिफल्ट रुपमै सीमित गरिनेछ । यसअघि इन्स्टाग्राममा यसका लागि प्यारेन्ट कन्ट्रोल अप्सन उपलब्ध थियो ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?