+
+

आईएमईको दशैं योजना : ९ विजेता छनोट

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १३:१८

काठमाडौं । दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गरी आईएमईले सञ्चालन गरेको ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ योजना अन्तर्गत दोस्रो हप्ताको विजेता घोषणा गरिएको छ ।

फेसबुक लाइभ मार्फत विजेता घोषणा गरिएको आईएमईले जनाएको छ । जस अनुसार अनुसार अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोट भएका छन् । दुवैजनाले २५ हजार रुपैयाँका दरले नगद उपहार पाउने छन् ।

त्यस्तै सेवाग्राहीहरू ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशुवाहा महतो, लक्ष्मी जीसी, आयुष तमाङ्ग र बिदुर तमाङ्ग मोक्तान दैनिक विजेता छनोट भएका छन् । दैनिक विजेता भएका उनीहरुले एक/एक थान सामसुङ् मोबाइल उपहार पाउने छन् ।

यो योजना अनुसार विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनाले जनही २५ हजार रुपैयाँ उपहार पाउने छन् । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना अनुसार कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । १६ भदौदेखि १६ कात्तिक २०७९ सम्म यो योजना लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?