+
+

शेखर समूहको बैठक जारी, सम्मानजनक सिटको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते ११:२५

१ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक काठमाडौंमा जारी छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको रणनीति तय गर्न बैठक बसेको हो । बैठक ठमेलस्थित एक होटेलमा बसेको छ ।

बैठकमा सहभागी सदस्यहरूले सम्मान जनक सिट र समूहका नेताले जित्न सक्ने क्षेत्र अन्य पार्टीलाई दिएमा गठबन्धन असफल हुने बताएका छन् ।

जहा शेखर-गगन समूहका मान्छे छन्, त्यहाँ गठबन्धनका नाममा अरुदललाई दिने षडयन्त्र गरिएको दिलेन्द्र बडुको भनाइ छ ।

केही सदस्यले शेखर समूहलाई अपमान गरेमा रुखमाबाहेक अन्य चिह्नमा भोट नदिनेसम्मकौ विचार राखेका छन्।

आफ्नो अडान कडा रूपमा राख्न नेता शेखर कोइरालालाई सहभागी सदस्यहरूले सुझाव दिएका छन्।

शेखर पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, सोही समूहबाट पदाधिकारीमा पराजित, शेखर पक्षका प्रदेश सभापति लगायत बैठकमा उपस्थित छन्।

बैठकमा सहभागी विकास लामा र तेजुलाल चौधरीले शेरबहादुर देउवाले न्याय नगरन् भन्दै आफ्नो समूहले लागि ४० प्रतिशत भाग लिनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?