+
+

काठमाडौंबाट पूर्व चल्ने यातायातको एउटै व्यवस्थापन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते १४:०९

१ असोज, काठमाडौं । काठमाडौंबाट देशको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात शनिबारदेखि एउटै व्यवस्थापनमा सञ्चालन गरिएको छ ।

यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन शनिबारदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत रहेको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत बस सञ्चालन गरेको महासङ्घका उपमहासचिव एवम् उपसमितिका संयोजक रजन रोक्काले जानकारी दिए ।

उक्त व्यवस्थापनमार्फत काठमाडौंबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रङ्गेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतका क्षेत्रमा सवारीसाधन आवतजावत गर्नेछन्  ।

उक्त कम्पनीले शनिबारदेखि एउटै व्यवस्थापनमार्फत दसैँका लागि अग्रिम टिकट बुकिङसमेत खोलेको छ । आगामी दिनमा पूर्व क्षेत्रमा चल्ने सबै व्यवसायीलाई समेट्दै लैजाने उपमहासचिव रोक्काको भनाइ छ ।

हाल काठमाडौँबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, मकालु, मेची एयर, महालक्ष्मी, स्वयम्भू, मेट्रो कोसी, जगत्माता पाथीभरालगायत कम्पनीका बसहरु सञ्चालन हुँदै आएका थिए ।

नारायणी पूर्वका सबै क्षेत्रमा सञ्चालन हुने बस व्यवसायीलाई एउटै छाताभित्र ल्याएर सञ्चालन गर्ने निर्णयअनुसार ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत बस सञ्चालन सुरु गरिएको मितेरी यातायातका सञ्चालक बिक्की गुरागाइँले बताए  ।

उक्त व्यवस्थापनअन्तर्गत हाल काठमाडौंबाट पूर्व क्षेत्रमा दैनिक सयभन्दा बढी सार्वजनिक सवारीसाधन आवतजावत गर्नेछन् । हाल काठमाडौंको नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वरलगायतका क्षेत्रबाट पूर्व क्षेत्रमा बस सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?