+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

काठमाडौंबाट पूर्व चल्ने यातायातको एउटै व्यवस्थापन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते १४:०९

१ असोज, काठमाडौं । काठमाडौंबाट देशको पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायात शनिबारदेखि एउटै व्यवस्थापनमा सञ्चालन गरिएको छ ।

यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा चल्दै आएका पूर्व क्षेत्र चल्ने सार्वजनिक सवारी साधन शनिबारदेखि ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत सञ्चालन गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत रहेको उपसमितिले पूर्व मेची बस व्यवसायी प्रालिसँगको सहकार्यमा ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत बस सञ्चालन गरेको महासङ्घका उपमहासचिव एवम् उपसमितिका संयोजक रजन रोक्काले जानकारी दिए ।

उक्त व्यवस्थापनमार्फत काठमाडौंबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रङ्गेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतका क्षेत्रमा सवारीसाधन आवतजावत गर्नेछन्  ।

उक्त कम्पनीले शनिबारदेखि एउटै व्यवस्थापनमार्फत दसैँका लागि अग्रिम टिकट बुकिङसमेत खोलेको छ । आगामी दिनमा पूर्व क्षेत्रमा चल्ने सबै व्यवसायीलाई समेट्दै लैजाने उपमहासचिव रोक्काको भनाइ छ ।

हाल काठमाडौँबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, मकालु, मेची एयर, महालक्ष्मी, स्वयम्भू, मेट्रो कोसी, जगत्माता पाथीभरालगायत कम्पनीका बसहरु सञ्चालन हुँदै आएका थिए ।

नारायणी पूर्वका सबै क्षेत्रमा सञ्चालन हुने बस व्यवसायीलाई एउटै छाताभित्र ल्याएर सञ्चालन गर्ने निर्णयअनुसार ‘पूर्वाञ्चल संयुक्त यातायात व्यवस्थापन’मार्फत बस सञ्चालन सुरु गरिएको मितेरी यातायातका सञ्चालक बिक्की गुरागाइँले बताए  ।

उक्त व्यवस्थापनअन्तर्गत हाल काठमाडौंबाट पूर्व क्षेत्रमा दैनिक सयभन्दा बढी सार्वजनिक सवारीसाधन आवतजावत गर्नेछन् । हाल काठमाडौंको नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वरलगायतका क्षेत्रबाट पूर्व क्षेत्रमा बस सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?