+
+

निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर नचलोस् : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते १४:२२

१ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको निर्वाचनका लागि निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै उनले निर्वाचन आयोग सरकारका अगाडि लतारिन नहुने बताए ।

‘निर्वाचन शान्तिपूर्ण, निर्भय, निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गरिनुपर्छ । यो निर्वाचन आयोगको कर्तव्य हो । निर्वाचन आयोगलाई म आग्रह गर्न चाहन्छु– निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर नचलोस्, आफ्नो स्वतन्त्र हैसियत र स्वतन्त्र भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाओस्’ ओलीले भने ।

उनले निर्वाचन आयोगको काममा हस्तक्षेप नगर्न सरकारलाई पनि आग्रह गरे । ‘सरकारलाई म भन्न चाहन्छु । अब उपरान्त निर्वाचन सञ्चालन गर्ने काम निर्वाचन आयोगले गर्ने हो । सरकारले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने हो’ ओलीले भने, ‘हस्तक्षेपकारी भूमिका र निर्वाचनलाई अस्वस्थ ढंगले प्रभावित गर्न पाउँदैन ।’

यसअघि स्थानीय तह निर्वाचनमा सरकारले शक्तिको दुरुपयोग गरेको ओलीले आरोप लगाए । ‘गएको स्थानीय तह निर्वाचनमा सत्तापक्षीय भूमिका, सत्ताको दुरुपयोग, अनेक प्रकारले सत्ताको दुरुपयोग जस्ता कुराहरु नराम्ररी प्रकट भए, प्रहरी प्रशासन, राज्य संयन्त्रको विभिन्न ढंगले दुरुपयोग गर्ने काम भए’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?