+
+

प्रदेश १ मा आत्महत्या रोकथाम अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १६:१३

२ असोज,  विराटनगर । प्रदेश १ मा  आत्महत्या रोकथाम विशेष अभियान सुरु भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आत्महत्या रोकथाम एवं नियन्त्रणको लागि विशेष अभियान सुरु गरेका हुन् ।

प्रदेश १ का डिआइजी सुदीप गिरीका अनुसार गतवर्ष प्रदेश १ मा १ हजार ४८९ जनाले आत्महत्या गरेका थिए । यो सात वटै प्रदेशको तुलनामा धेरै हो ।

प्रहरीका अनुसार प्रदेश १ मा आत्महत्या गर्नेको  संख्या बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७४–०७५ मा प्रदेशमा  एक हजार एक सय २० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७५–७६ मा एक हजार २ सय ३४, २०७६–७७ मा एक हजार ३४४ जनाले आत्महत्या गरे ।

गत आर्थिक वर्ष २०७८–०७९ मा एक हजार ४८९ जनाले आत्महत्या गरेका थिए । पछिल्लो पाँच वर्षमा आर्थिक वर्ष २०७७–०७८ मा सबैभन्दा बढी एक हजार पाँच सय १६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । पछिल्लो पाँच वर्षमा प्रदेश १ मा मात्रै ६ हजार ७०३ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या बढेपछि आइतबारबाट अभियान सुरु गरेको हो । अभियान अन्तर्गत बिहान विराटनगरको रोड शेष चोकबाट वृहत् र्‍याली निकालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?