+
+

‘सरकारले हामीमाथि अत्याचार गर्‍यो’*

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १९:१६

१ असोज, काठमाडौं । आइतबार विहानदेखि प्रधानन्यायाधीश जबराको सरकारी निवासमा सरकारले सुरक्षा कडाइ गरेको छ । त्यसबारे जबराको निवासबाहिर एक महिलाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूहरुलाई बाहिर निस्कन र भित्र प्रवेश गर्नसमेत कडाइ गरेको बताइन् ।

‘अहिलेको सरकारले हामीलाई एकदमै अन्याय, अत्याचारै गरेको छ । हामीले त एउटा ठूलो अपराधीले कुनै मान्छेलाई नै मारेर लुकाएको जस्तो किसिमको व्यवहार प्रहरीले हामीमाथि गरेको छ । सरकार हाम्रो विरुद्धमा लागेको छ । हाम्रो त हात खुट्टानै बाँधिराखेको अवस्था छ । यस्तो बेलामा हामी के गर्न सक्छौं ?’ उनले प्रश्न गरिन् ।

आइतबार अपरान्ह बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा ती महिलाले भनिन्, ‘हामीले सहयोग माग्ने भनेको, आह्वान गर्ने भनेको नेपाली जनताहरुसँग हो । हामीले बिन्ति गरेका छौं उहाँहरुसँग । उहाँहरुले के सही हो, के लगत हो छुट्टयाएर, बुझेर सबैजना जम्मा भएर आइदिनुपर्‍यो ।’

*यसअघि समाचारमा प्रतिक्रिया दिने महिला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी उल्लेख भएकोमा क्षमा माग्दै सच्याइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?