+
+

ताइवानमा शक्तिशाली भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १९:१७

२ असोज, असोज । ताइवानमा शक्तिशाली भूकम्प गएको छ ।

दक्षिण पूर्वी ताइवानको चिसाङमा केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पपछि ताइवानको साथै जापानको मियाको आइल्याण्डमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।

दक्षिण पूर्वी शहरमा ठूला ठूला भवन भत्किएका तस्वीरहरु सार्वजनिक भएका छन् । ताइवानका उद्धारकर्ताले घाइतेहरुलाई खोजी तथा उद्धारको काम जारी राखेका छन् ।

त्यहाँ ६.९ म्याग्निच्युटको भूकम्प जानुअघि र त्यसपछि पनि ससाना भूकम्प गइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?