+
+

एमालेका कोही पनि पदाधिकारी समानुपातिकमा बसेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १९:१६

३ असोज, काठमाडौं । नेकपा एमालेका कोही पनि पदाधिकारी समानुपातिकतर्फ उम्मेदवार बनेनन् । उम्मेदवार चयन गर्न पार्टीले बनाएको मापदण्डका कारण कोही पनि पदाधिकारी समानुपातिकमा नपरेका हुन् ।

एमालेले यसअघि समानुपातिक पद्धतिबाट अवसर पाएका, स्थानीय तह र राष्ट्रियसभाको उम्मेदवार बनेकालाई समानुपातिकतर्फ नराख्ने मापदण्ड बनाएको थियो । त्यही मापदण्डका कारण कोही पनि पदाधिकारी समानुपातिक उम्मेदवारको सूचीमा नपरेका हुन् ।

१९ मध्ये १५ पदाधिकारी प्रत्यक्षतर्फ सिफारिस भएका छन् । तर उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमाल प्रत्यक्ष सिफारिस भएका छैनन् ।

एमालेले बुझाएको समानुपातिक सूचीको शीर्ष नेता स्थायी कमिटी सदस्य रघुजी पन्त हुन् । पन्तैसँगै गोरखबहादुर बोगटी, ईश्वर रिजाल, लीलबहादुर थापा लगायतको नाम एमालेले समानुपातिक सूचीमा राखेको छ स्रोतले बताएको छ ।

गएको चैतमा एमाले प्रवेश गरेका प्रेमबहादुर सिंहको नाम पनि समानुपातिक सूचीमा समेटिएको छ । एमालेले प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० जनाको नाम बुझाएको छ । नम्बर नराखी एमालेले समानुपातिक सूची बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?