
३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि जिताउन नसकेको राष्ट्रिय महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा र कप्तान एञ्जिला तुम्बापो सुब्बाले माफी मागेका छन् ।
दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि पत्रकारसित कुरा गर्दै उनीहरुले उपाधि जित्ने वाचा गरे पनि त्यो वाचा पूरा गर्न नसकेको बताए ।
‘हामीले राम्रो खेलेको हो, तर अवसर सदुपयोग गर्न सकेनौं’, थापाले भने, ‘चुकेको होइन ।’
थापाले नेपालको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको पनि बताए । ‘हामीले सक्नेजति गरेका हौं, म प्रदर्शनबाट सन्तुष्ट छु,’ उनले भने, ‘सबै प्रयास गरेको हो, उपाधि हामीले चाहेका थियौं, बंगलादेशले जित्यो, दुःख लागेको छ ।’
कप्तान तुम्बापोले खेलाडीमा अनुभवको कमी रहेको बताइन् । भनिन्, ‘नेपाली टिमलाई म्याच एक्सपोजर नपुगेको जस्तो लाग्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4