+
+

बाबुको उपचार खर्च जुटाउन सिटी सफारी कुदाउँदै राजीव

रासस रासस
२०७९ असोज ४ गते १४:५८

४ असोज, बेलबारी । राजीव साह भर्खर १५ वर्षका भए । तर उनको काँधले भने तीन दशक पार गरेको जवान छोराझै पारिवारिक जिम्मेवारी थामेको छ ।

घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्ययनरत साहको दिन सिटी सफारीको ह्यान्डेल घुमाउँदै बित्छ । विद्यालयमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि उनी सफारी चालकको भूमिकामा देखिन्छन् ।

मोरङको बेलबारी–९ नलबारीमा घर भएका साहको अवस्था केही महिनाअघिसम्म यस्तो थिएन । परिवारको निम्न आर्थिक अवस्था भएका कारण उनका ४३ वर्षीय बाबु अशोक सिटी सफारी चलाउँथे । केही महिनाअघि बुबाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनुपरेको छ ।

बुवाको हप्तामा दुईपटक डायलायसिस गर्नुपरेको राजीव बताउँछन् । डायलायसिस निःशुल्क छ तर पनि एक पटकमा कम्तीमा तीनदेखि चार हजारसम्म खर्च हुने गरेको उनी बताउँछन् । सफारी कुदाएर दैनिक चार/पाँच सय आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उनको भनाइ छ ।

सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु साहको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने, आफू तथा कक्षा ८ मा पढ्ने भाइका लागि पढाइ खर्च जुटाउने र बुवाको उपचार खर्च जुटाउने उद्यम हो ।

दिनभरिको टन्टलापुर घाममा सफारी लिएर साह लक्ष्मीमार्ग र डाँगीहाट बजार आसपासका ठाउँको चक्कर लगाउँछन् । ‘कति सानो बाबुले चलाएको जनाउँदै सफारीमा चढ्ने यात्रुहरूले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ’, उनले भने ।

स्थानीय चक्र भण्डारीले साह परिवारको सिटी सफारीबाहेक आम्दानीको स्रोत नभएको जानकारी दिए । उनले आर्थिक अवस्था कमजोर रहेको साह परिवारलाई सहयोग गर्न आग्रह सबैसंग आग्रह गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?