+
+

भारतबाट गुजराती फिल्म ‘छेल्लो शो’ ओस्कार अवार्डमा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते २०:२१

काठमाडौं । आगामी ओस्कार अवार्डका लागि भारतले गुजराती फिल्म ‘छेल्लो शो’ (द लास्ट शो)लाई उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर विधाको लागि सिफारिस गरेको छ ।

पान नलिन लिखित एवं निर्देशित यो गुजराती फिल्मले गाउँको एक बच्चाको कथा पेश गर्छ । ११० मिनेट लामो फिल्म ओस्कारमा भारतको तर्फबाट सिफारिस भएपछि सबैलाई चकित तुल्याएको छ ।

बहुचर्चित फिल्महरु ‘आरआरआर’ र ‘द कश्मीर फाइल्स’ सिफारिस हुनसक्ने चर्चा व्यापक थियो । फेडेरेसन अफ इन्डियाले भारतको तर्फबाट ‘द लास्ट शो’लाई सिफारिस गर्ने घोषणा गरेको हो ।

‘छेल्लो शो’ (द लास्ट शो) एक ग्रामीण बालकको कथा हो जसलाई फिल्मसँग प्रेम हुन्छ । गुजरातको छलाला गाउँमा उक्त बालक एक प्राविधिकको मद्दतमा प्रोजेक्सन रुममा फिल्म हेर्न पुग्छ । उसले केही फिल्म हेर्छ । फिल्म हेरेपछि उसको जिन्दगी पूर्णरुपमा बदलिन्छ ।

फिल्मलाई सिंगल स्क्रिनमा धेरैपटक देखाइएको छ । ‘छेल्लो शो’ लेखक तथा निर्देशक पान नलिनको सेमी-अटोबायोग्राफी हो । फिल्मलाई लेखक नलिनकै जीवनबाट प्रभावित बताइएको छ । यो फिल्मको छायांकन लगत्तै भारतब्यापी लकडाउन भएको थियो । फिल्मको प्रिमियर १० जुन २०२१ मा ट्राइबेका फिल्म फेस्टिभलमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?