+
+

अफ्रिकामा हुने चार्टड उडानमा ‘क्याबिन क्रु’लाई विभेद गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १८:५१

४ असोज, काठमाडौं । नेपाली सेनाका शान्ति मिसनमा जाने सैनिकका लागि अफ्रिकी मुलुक मालीमा नेपाल वायुसेवा निगमले गर्न लागेको चार्टर्ड उडानमा ‘ककपिट क्रु’ र ‘क्याबिन क्रु’बीच विभेद गरिएको भन्दै विरोध भएको छ । एउटै उडानको ‘क्याबिन क्रु’माथि फरक र विभेदकारी व्यवहार गरिएको भन्दै क्याबिन क्रु सदस्यहरुले निगममा ज्ञापनपत्र नै बुझाएका छन् ।

वायुसेवा निगमका एयरहोस्टेस र स्टेवार्डहरूको संगठन ‘नेपाल वायुसेवा क्याबिन क्रु संघ’ले फरक व्यवहार नगर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । उनीहरुले मानसिक र शारीरिक रुपमा सो उडानमा सेवा दिन असमर्थ रहेको बताएका छन् ।

निगमको न्यारोबडी जहाज मंगलबार राति साढे ११ बजे कतारको राजधानी दोहाका लागि उड्ने छ । त्यहाँबाट अफ्रिकी मुलुक चाड हुँदै माली जानेछ । त्यहााबाट यात्रु छाडेर हुँदै बिहीबार बिहान काठमाडौं आइपुग्न तालिकासहित जान लागेको विमानमा एयरहोस्टेस र स्टेवार्डहरुलाई विमानमै आराम गराउने गरी तालिम बनाइएको छ । ३ समूह बनाएर सेवा दिने र विमानमै रहने व्यवस्था गरिएको छ ।

करिब ३६ घण्टा लामो उडानका लागि चालक दलको केही सदस्यलाई भने कतार होटलमा विमान बाहिर आराम गर्ने सुविधा दिइएको छ ।

पाइलट तथा को पाइलटहरुलाई नाइट स्टपका लागि होटलमा सुविधा दिए पनि क्यात्रिन क्रुलाई विभभेद गरिएको संघको आरोप छ । अन्तर्राष्ट्रिय उड्डयनको नियम अनुसार पनि पनि १५ घण्टाको अधिकतम् ड्युटी गरेपनि ‘बेड रेस्ट’ गराउनुपर्ने अवस्था रहेको क्याबिन क्रुको तर्क छ । खर्च कम गराउन यस्तो गरिएको भन्दै उनीहरुले चालक दललाई जसरी नै होटलमै नाइट स्टप गर्ने गरी व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

माग पुरा नभएर उडान हुन नसक्ने उनीहरुको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?