+
+

रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन राप्रपा तयार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १०:५३
राप्रपाको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत

७ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन राप्रपा तयार भएको छ ।

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रसँग भएको छलफलबारे जानकारी गराएका थिए । एक पदाधिकारीका अनुसार मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिएर पार्टीमा ल्याउनुपर्ने अध्यक्ष लिङ्देनको प्रस्ताव थियो ।

उपाध्यक्ष बुद्धिमान तामाङले भने मिश्रलाई पार्टीमा ल्याउन आफू बाधक भएको भनेर प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए । आफू बाधक नभएको बताएका उनले पार्टीमा २०/३० वर्षदेखि काम गर्दै आएका नेता कार्यकर्तालाई मानमर्दन गर्न नहुने बताए । उपाध्यक्षद्वय ध्रुवबहादुर प्रधान र रोशन कार्कीले पनि पार्टीमा भएका नेताहरुको पनि मानमर्दन गर्न नहुने धारणा राखेका थिए ।

सल्लाहकार परिषद्का अध्यक्ष निरञ्जन थापाले निर्वाचित उपाध्यक्षहरुभन्दा तल रहने गरी मिश्रलाई पार्टीमा ल्याउन सल्लाह दिएका छन् । राप्रपामा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की गरी चार निर्वाचित उपाध्यक्ष छन् ।

मिश्रले भने अध्यक्ष लिङ्देनपछिको पहिलो वरियता आफूले पाउनुपर्ने माग राख्दै आएका छन् । राप्रपाका एक पदाधिकारी भन्छन्, ‘उहाँ पार्टीमा आउने पक्का जस्तै छ । सबैको सम्मान हुने गरी वरियता टुंग्याउने जिम्मा अध्यक्षलाई दिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?