+
+

सरकारले घटायो सहुलियत पसलमा तेल र दालको मूल्य

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १२:३५
फाइल तस्वीर

५ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ ।

दशैं लक्षित सहुलियत पसलमा बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री गरेको समाचार अनलाइनखबरले सार्वजनिक गरेपछि कम्पनीले मंगलबार प्रतिलिटर १० रुपैयाँका दरले खाने तेलको मूल्य घटाउने निर्णय गरेको हो ।

तोरी, सूर्यमुखी र भटमासको तेलको मूल्य लिटरमा १० रुपैयाँ र मुसुरोको दालमा ८ रुपैयाँले घटाएर बिक्री गर्ने निर्णय गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् । घटाइएको नयाँ मूल्य मंगलबारबाटै कार्यान्वनयनमा आइसकेको पनि उनले बताइन । अब सहुलियत पसलमा तोरीको तेल २ सय ७५ रुपैयाँ, सूर्यमुखी तेल मूल्य प्रतिलिटर २ सय ८५ र भटमासको तेल २ सय ४० रुपैयाँ पर्नेछ ।

यसअघि कम्पनीले लिटरमा ७ रुपैयाँ छुट दिएको भन्दै सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरी २ सय ८० र भटमासको तेल २ सय ४५ रुपैयाँमा बिक्री गरेको थियो । यस्तै कम्पनीले मुसुरोको दालको मूल्य पनि १५३ रुपैयाँबाट घटाएर १ सय ४५ रुपैयाँ तोकेको छ । कम्पनीले उक्त तेल र दाल साल्ट ट्रेडिङबाट खरिद गरेको जनाएको छ ।

खद्यले मूल्य घटाए पनि अझै सो मूल्य होलसेल व्यवसायीहरुले बजारमा बिक्री गर्ने भन्दा बढी छ । होलसेलमा होलसेलमा तोरी, सूर्यमुखी र भटमासको तेलको मूल्य क्रमश २५०, २४५ र २१८ रुपैयाँ प्रतिलिटर छ ।

खाद्य वयवस्था कम्पनीले घटाएको मूल्य पछि पनि सहुलियत पसल बाह्य बजारमा भन्दा तोरीको तेलमा २० रुपैयाँ, सूर्यमुखी तेलमा ४० रुपैयाँ र भटमासको तेलमा १७ रुपैयाँले महँगो छ । मुसुरोको दालको मूल्य भने घटेपछि पनि बाह्य बजारमा भन्दा सहुलियतमा अझै ५ रुपैयाँ प्रतिकिलो महँगो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?