+
+

सामसुङको ग्यालेक्सी ए०४एस नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १३:५८

काठमाडौं । सामसुङले नयाँ सुविधा र विशेषताको साथ ग्यालेक्सी ए०४एस मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई यो मोबाइलले उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।

फोटोग्राफीको नयाँ युग, सामसुङको ट्रिपल रियर क्यामेरा रहेको ग्यालेक्सी ए०४एसमा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपी को डेप्थ क्यामरा रहेको कम्पनीले बताएको छ । ५ एमपी सेल्फी क्यामराका साथै ग्यालेक्सी ए०४एस ९० हर्ज रिफ्रेस रेटको साथ ६.५ एचडी र एमोलेड डिस्प्ले रहेको कम्पनीले बताएको छ ।

ग्यालेक्सी ए०४एस मोबाइल एक पटक चार्ज गर्दा २ दिनसम्म टिक्ने ५०००एमएएच ब्याट्री उपलब्ध रहेको कम्पनीको दावी छ ।

कति पर्छ ?

कम्पनीका अनुसार ग्यालेक्सी ए०४एस कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ । १२८ जीबी रोमसहितको ४जीबी र्‍याम भएको ए०४एसको मूल्य २१ हजार ९९९ रुपैयाँ र ६४जीबी रोमसँग ४जीबी र्‍याम भएको मोबाइलको मूल्य १९ हजार ९९९ रुपैयाँ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?