+
+

डोटीमा प्रेम आले, कांग्रेसका बलायर कैलाली ४ मा उठ्न तयार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते २०:१६
वीरबहादुर बलायर र प्रेम आले ।

५ असोज, काठमाडौं । कांग्रेस नेता वीरबहादुर बलायर डोटी एकीकृत समाजवादीलाई छोड्न तयार भएका छन् ।

२०७४ मा बामगठबन्धनबाट प्रेम आलेले डोटीमा निर्वाचन जितेका थिए । आले हाल एकीकृत समाजवादीमा छन् । अघिल्लो स्थानमा आधारमा आलेले डोटीमा दाबी गर्दै आएका थिए ।

स्थानीय तहको मतमा कांग्रेस पहिलो दल हुनुको साथै गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन नसकिने बलायरले बताउँदै आएका थिए ।

यसअघि आलेलाई छोड्न नसकिने दाबी गर्दै आएका बलायर लचिलो बनेका छन् । गृह जिल्ला डोटी छोडेर बलायर कैलाली ४ मा गठबन्धनबाट उम्मेदवार बन्ने भएका छन् । कैलाली ४ मा उम्मेदवार बन्न लागेको बलायरले अनलाइनखबरसँग बताए ।

‘प्रधानमन्त्रीले कैलाली ४ की ५ भनेर सोध्नुभएको थियो । कैलाली ४ मा रोजें’, बलायरले भने । आफ्नो घर पनि रहेकालाई उक्त क्षेत्रमा उम्मेदवार बन्न लागेको उनले सुनाए । प्रधानमन्त्री पत्नि आरजु राणाको नाम कैलाली ५ बाट प्रत्यक्षतर्फ सिफारिस गरिए पनि उनी समानुपातिक उम्मेदवार बनेकी छन् ।

क्षेत्रीय समितिले केन्द्रीय सदस्य नैनसिंह महर सहित डा. लक्ष्मीराज पाठक, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट र प्रदीपराज जोशीलाई प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।

गत निर्वाचनमा कैलाली ४ मा वामगठबन्धनबाट लेखराज भट्टले जितेका थिए । बलायर कांग्रेसका सुदूरपश्चिम सभापति समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?