+
+

बैंकहरुले ब्याजदर बढाउनु स्वाभाविक होइन : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वाभाविक नभएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १७:३४
चन्द्रप्रसाद ढकाल/फाइल तस्वीर

५ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वाभाविक नभएको बताएका छन् । बुधबार नेपाल र इण्डोनेसिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

वाणिज्य बैंकहरुले ब्याज बढाउँदैमा निक्षेप नबढ्ने उनकाे तर्क थियो । ढकालले कोभिड–१९ पछि तरलता अभावको कारण व्यावसायिक गतिविधि बढाउन र उद्योगको क्षमता विस्तार गर्न समेत नसकिएको बताए । पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भएको सुधारले तरलता अभावमा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास उनको थियो ।

‘कोभिड-१९ महामारीपछि बजारमा तरलता अभावको समस्या हुँदै आएको छ । जसका कारण मुलुकभित्र व्यवसायिक गतिविधिहरु बढाउन मात्रै समस्या बनाएको नभएर भएका उद्योगहरुको क्षमता विस्तार गर्न समेत धेरै समस्या छ’ ढकालले भने ।

पछिल्लो समय नेपालमा रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार भएको भन्दै उनले अर्थतन्त्रमा दखिएको तरलता अभावलाई सहज बनाउन मद्दत पुग्ने उनले बताए । व्यावसायिक गतिविधि बढाउनुपर्ने अवस्थामा अहिले तरलता चापले खुम्च्याउने काम गरेको उनले बताए ।

‘बैंकहरुले ब्याजदर बढाउनु स्वाभाविक होइन । अहिले जुन लेभलमा बैंकहरुले ब्याजदर बढाएका छन् । यसरी निक्षेपमा ब्याजदर बढाउने वित्तिकै निक्षेप बढ्छ भन्ने हुँदैन’ ढकालले भने ।

उनले पछिल्लो समय व्यावसायिक गतिविधि बढ्नुपर्ने अवस्थामा तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?