५ असोज, काठमाडौं । कपनको राम मन्दिर नजिकै आगलागी भएको छ ।
ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
कपनमा आगलागी भएको जानकारी आए लगत्तै काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् । त्यो विस्फोट ट्रेकिङ्गमा प्रयोग गरिने सिलिण्डरको हुन सक्ने अनुमान छ ।
दमकल तथा प्रहरीको सहयोगमा आगो निभाउने काम भइरहेको छ । यसबारेमा थप विवरण आउन बाँकी छ ।
हेर्नुस् तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4