+
+

नेपाल एड्रेस : सबै नेपालीको आफ्नै ठेगाना

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते ११:५७

६ असोज, काठमाडौं ।  नेपालको एड्रेससम्बन्धी समस्या समाधान गर्ने उद्देश्यका साथ इजेड अनलाइन सोलुसन प्रालिले निःशुल्क प्रयोग गर्न सकिने डिजिटल प्लाटफर्म नेपालएड्रेस डककम ल्याएको छ।

अनलाइनबाट केहि कुरा अर्डर गर्दा थवा कोही व्यक्तिलाई घरमा बोलाउनु पर्यो भने अहिले घर चिनाउन गाह्रो छ । नेपालएड्रेस डककमले एड्रेसका कारणा पर्ने झन्झटबाट मुक्ति दिनेछ ।

नेपालएड्रेस डककम आफ्नो घर, डेरा, अपार्टमेन्ट, व्यवसाय, जग्गा, आदिको लोकेसन रजिष्टर गरी कसैसँग नजुध्ने र आफैले चाहेको नामको एड्रेस नेम र एड्रेस पाउन सकिनेछ ।

एड्रेस नेम र एड्रेस लिंक भन्न अथवा सेयर गर्न सकिनेछ ।

एड्रेस लिंकले सिधै उक्त एड्रेसको एड्रेस पेजमा पुर्याउँछ । एड्रेस नेमलाई चाहिं नेपालएड्रेस डककममा गएर एड्रेस सर्च गरेपछि उक्त एड्रेसको एड्रेस पेज खुल्छ । एड्रेस पेजमा त्यस एड्रेसको जानकारी, फोटो, म्याप गुगल म्याप डिरेक्सन बटम हुन्छ।

नेपाल एड्रेसले गुगल म्यापको प्रयोग गर्छ र त्यसलाई अझ सहज, सुरक्षित अनि सुविधाजनक बनाउँछ । नेपाल एड्रेसमा एड्रेस रजिष्ट्रर गर्न सजिलो छ, यसबाट सजिलै भन्न वा लेख्न सकिने एड्रेस लिंक पाइन्छ । उक्त एड्रेस लिंक जुनसुकै डिभाइसको ब्राउजरमा सीधै खुल्छ ।

गुगल म्यापभन्दा नेपाल एड्रेस प्लाटफर्मले एड्रेस गुगल म्यापमा सिधै सबैले देखिने गरेर भेटिंदैन । जसलाई तपाईंको एड्रेस नेम अथवा एड्रेस लिंक थाहा छ, उसले मात्रै तपाईंको एड्रेस भेटाउन सक्छ ।

एरिया, स्थानिय तह र जिल्ला सहितको फुल एड्रेस नेम पाइने, नेपाल भरिका ५००० प्लस एरयाहरु म्याप गरिएको, ठाउँ सरे पनि उहि एड्रेस लिंक रहने, एक वर्ष भित्र सरेका ठाउँहरु एड्रेस पेजमा देखिने
गुगल प्लस कोड पनि पाइने र विना इन्टरनेट पनि एड्रेस भेटाउने सुविधा लगायत यसको विशेषता हुन् ।

जुनसुकै ब्राउजरबाट यो प्लाटफर्म सुविधा पाउन सकिने र एप समेत प्रयोग गर्न पाइने इजेडअनलाइन सोलुसन्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुवास देवकोटाले बताए ।

‘आफ्नै देशमा फर्किएपछि मैले अमेरिकाको केहि कुरा मिस गरेको छु भने त्यो हो, त्यहाको बाटो र एड्रेस नेमको को सुविधा । अनि मैले सोच्न थालें, नेपालमा पनि त्यस्तो एड्रेस नेमको सुविधा कसरी विकास गर्न सकिन्छ ?’, उनले भने,’कोरोनाले गर्दा अनलाइन सुविधाहरुको प्रचलन बढेपछि यो सुविधाको आवश्यकता झन बढेर आयो । त्यसपछि मैले एफवान सफ्टको प्रमुख अधिकृत तहको जागिर नै छोडेर यस प्लाटफर्म बनाउन लागें।’

उनका अनुसार यो नेपाल कै लागि बनाइएको प्लाटफर्म हो  र  यसमा नेपाल भरिका ७७ जिल्ला, ७५३ स्थानिय तह र ५००० भन्दा बढी गाउँ / ठाउँहरु म्याप गरिएको छ ।

‘यसमा विना इन्टरनेट पनि एड्रेस भेटाउन मिल्ने गुगल प्लस कोड पनि समाहित गरिएको छ र अफलाइन प्रयोगको लागि एड्रेस सेभ गर्ने सुविधा पनि राखिएको छ,’ उनले भने ,’यसले सवै प्रकारका व्यवसाय र सघं/सस्थाहरुलाई उपभोक्ताको घर दैलो सम्म सजिलै पुग्न सहयोग गर्नेछ।’

उपभोक्ता र व्यवसायहरुले नेपाल एड्रेसबाट यी सबै सुविधाहरु निःशुल्क प्रयोग गर्न पाउने भन्दै उनले व्यवसायहरुले न्युनतम् शुल्कमा नेपाल एड्रेसलाई एपीअइमार्फत आफ्नो एप अथवा सिस्टममा इन्ट्रिगेट गर्न पनि सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?