+
+

एभरेष्ट बैंकले सुरू गर्‍यो ई–पैंचो फोन लोन सुविधा

मोबाइलबाटै विना धितो कर्जा लिन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १८:३३

काठमाडौं । एभरेष्ट बैंकले ‘ई–पैंचो फोन लोन’ सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप ‘ईबीएल टच २४’ मार्फतविना धितो २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

ई–पैंचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यसमा एक महिना भित्र वा ३, ६, ९ अथवा १२ महिनाका लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा समावेश छ । यसमा ग्राहकहरुको योग्यता मापनमा विभिन्न प्यारामिटरहरुको प्रयोग गरिएको छ ।

बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैन लगायतका अन्य प्यारामिटरको प्रयोग गरिएको बैंकको भनाइ छ । साथै यसमा आफूले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकको लागि ऋणको बक्यौतासहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।

ई–पैंचो फोन लोनका लागि योग्य ग्राहकहरुले कुनैपनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी गर्दा ‘बाइ नाउ प्ले लेटर’ सुविधा प्रयोग गर्न सक्ने छन् । यी सेवाहरु लिनका लागि ग्राहकले प्रमाणित इमेल ठेगानाको साथै ई–पैंचो फोन लोनमा दर्ता गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार ई–पैंचो फोन लोनका लागि विभिन्न मापदण्डको आधारमा योग्यता निर्धारण गरी स्वचालित रुपमा कर्जा पाइन्छ । जस्तै तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै बक्यौता वा ऋण नभएको जस्ता मापदण्ड रहेका छन् । योग्य मानिएका ग्राहकहरुको मोबाइल एपमा इ–पैचो लोन फोन आइकन आउने छ र त्यहाँ दिइएको रजिष्टर बटनमा क्लिक गरी रजिष्टर गरेपछि इमेल प्रमाणिकरण गर्नुपर्ने बैंकले जनाएको छ । इमेल प्रमाणिकरण भएसँगै ग्राहकले रियल टाइममैविना धितो कर्जा लिन सक्ने छन् ।

‘नेपालमा कर्जा पाउनु निकै कठिन छ । कर्जाको सरल पहुँच बढाउन हामीले योग्य ग्राहकहरुलाई ई–पैंचो फोन लोन मार्फत कर्जा उपलब्ध गराउन लागेका छौं । जसबाट कर्जा लिन र भुक्तानी गर्न ग्राहकहरुले कुनै चिन्ता लिनु पर्ने छैन’ बैंकका रिटेल एन्ड एसएमई क्रेडिट प्रमुख विष्णु ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?