+
+

परिसंघद्वारा ‘स्किल ग्याप एनालाइसिस’ कार्यक्रमको आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १९:२०

काठमाडौं । नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अघि दक्षता अन्तर विश्लेषण (स्किल ग्याप एनालाइसिस) कार्यक्रम आयोजना गरेको छ ।

परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेश–स्तर र मध्य–स्तरका आवेदकहरुका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिंदाका चुनौतीलगायत विषयमा केन्द्रित रहेको सीएनआईएले जनाएको छ ।

दक्ष जनशिक्त उत्पादनका लागि शैक्षिक संस्थाहरुलाई सुझाव, रोजगारीका लागि नयाँ पुस्तामा हुनुपर्ने गुण एवम् दक्षता लगायत विषयमा पनि लक्षित समूहमा गहन छलफल तथा सुझाव संकलन गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा सूचना प्रविधि, कृषि, आतिथ्य लगायत क्षेत्रका ३० भन्दा बढी कम्पनी सहभागी कार्यक्रमको बौद्धिक पार्टनर मिड भ्याली इन्टरनेशनल कलेज थियो ।

मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजिमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको पनि देखिन्छ । तर, एकातर्फ आवश्कता अनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजिमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ । कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ । के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन सकिरहेको छैन ? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ ? भन्ने विषयमा केन्द्रित रहेर ‘सीएनआई रोजगार तथा सीप मेला’ आयोजना गर्न लागिएको सीएनआईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?