+
+

‘न्यूड सुपेरियर भोड्का’ को अनावरण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १४:२१

काठमाडौं । ‘दि नेपाल डिस्टिलरिज’ले उच्चकोटिको ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘न्यूड सुपेरियर भोड्का’ अनावरण गरिएको जनाएको छ ।

‘न्यूड सुपेरियर भोड्का’ नेपालको पहिलो राइसबेस्ड भोड्का भएको दाबी कम्पनीले गरेको छ । राइसबेस्ड भएका कारण यसमा प्राकृतिक मिठास पाउन सकिने जनाएको छ । यस्तै चिनी मिश्रण नभएको र ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री जस्ता विशेषता रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिम उल्लेख छ ।

‘न्यूड सुपेरियर भोड्का’को डिजाइन गर्दा स्वास्थ्यप्रति सचेत रहँदै उपभोक्ताको चाहना र मागलाई पूर्ण रुपमा ध्यान दिइएको जनाएको छ । ‘विभिन्न स्पिरिटमध्ये भोड्का एक ‘फन स्पिरिट’ हो । यस्तो पेयमा मुख्यतया युवाहरुको बढी रुचि देखिन्छ । नेपाली युवाहरु गतिशील छन् र केही न केही गुणस्तरीय एवम् समसामयिक, मौलिक स्वाद मन पराउँछन्,’ कम्पनीले भनेको छ, ‘त्यस्ता चाहनाहरुलाई समेत सम्बोधन गर्दै नेपाली बजारमा उच्च कोटीको भोड्काको रुपमा ‘न्यूड सुपेरियर भोड्का’ ल्याइएको हो।’

अतिरिक्त स्मुथनेस र उत्कृष्टताका लागि सानो ब्याचमा चारकोल फिल्टर गरी ‘न्यूड सुपेरियर भोड्का’ तयार पार्ने गरिएको जनाएको छ । शतप्रतिशत स्थानीय सामग्रीहरु प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तर्राष्ट्रिय स्तरका ब्लेण्डर क्रिस्टोफर आम्र्सले ‘न्यूड सुपेरियर भोड्का’ डिजाइन गरेका कम्पनीले जनाएको छ । उक्त भोड्का निट पिउँदा घाँटीमा अतिरिक्त जलनको कुनै अनुभव नहुने उल्लेख गरेको छ ।

उक्त भोड्कालाई विशेष र विश्वस्तरीय रुपमा विकास गर्ने कामको सुरुवात सन् २०१९ बाट नै भएको थियो । ‘न्यूड सुपेरियर भोड्का’को विकास गर्नुअघि आम उपभोक्ता र रेष्टुरेन्टहरुमा व्यापक परीक्षण र प्रतिक्रियाका श्रृंखलाहरु सञ्चालन गरिएका कम्पनीले उल्लेख गरेको छ ।

स्वाद र गुणस्तरजस्तै ‘न्यूड सुपेरियर भोड्का’को प्याकेजिङ पनि विशेष रहेको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले बताए । ‘न्यूड सुपेरियर भोड्का’लाई सिसाको कस्मेटिक बोतलमा प्याक गरिएको छ, जसले लिक्विडलाई थप प्रष्टता दिन्छ । बोतलमा प्रयोग गरिएको क्याप ‘द नेपाल डिस्टीलरिज’का अन्य ब्राण्डजस्तै पुनः रिफिल गर्न सकिन्न,’ उनले भने । विदेशमा बन्ने प्रिमियम गुणस्तरको भोड्का स्वदेशमै तयार भएकोले त्यस्ता पेय पदार्थ आयात गर्नुपर्ने बाध्यता हटेर राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुर्‍याउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?