+
+

पौडी खेल्दा बेपत्ता भएका तीनजना बालकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १९:४४

७ असोज, हेटौडा । हेटौंडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनजना बालकको शव भेटिएको छ ।

शुक्रबार साँझदेखि बेपत्ता भएकाहरुको खोजी गर्नेक्रममा तीन जना बालक बेपत्ताको शव कर्रा खोला किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए ।

मकवानपुरका प्रहरी निरीक्षक घिमिरेका अनुसार १७ वर्षीय साहिल लामा, १२ वर्षीय कासाङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव भेटिएको छ ।

हेटौंडा उपमहानगरपालिक-५ मा पर्ने कर्रा खोलामा पौडी खेल्न आएका ४ जना बालकमध्‍ये ३ जना बालक खोलामा प्रवेश गरेका थिए ।

उनीहरु हेटौंडा १५ फायरलाइनबाट पौडी खेल्न आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?