+
+
Shares

पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु

उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ ।

अभिमन्यु लामिछाने अभिमन्यु लामिछाने
२०८३ साउन १४ गते २०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको कटारी नगरपालिका–३ हडैयास्थित खहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको दुःखद मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा ११ वर्षीय सुमितकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार तथा ८ वर्षीय आदित्यकुमार दनुवार रहेका छन् ।
  • स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका छन् ।

१४ साउन, उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटारी नगरपालिका–३ निवासी एकै घरका दाजुभाइ ११ वर्षीय सुमितकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार तथा ८ वर्षीय आदित्यकुमार दनुवार रहेका छन् ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलका अनुसार हडैयास्थित खहरे खोलामा बाँध लगाउँदा बनेको गहिरो खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका हुन् ।

स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि कटारी प्रादेशिक अस्पताल पुर्‍याएका थिए । तर, चिकित्सकले परीक्षणपछि तीनै जनालाई मृत घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार तीनै बालकको शव पोस्टमार्टमका लागि कटारी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?