+
+

नुवाकोट १ ‘ख’ मा एमालेबाट प्रत्यक्षमा राजु लामाको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १५:५५

७ असोज, काठमाडौं । नुवाकोट १, प्रदेश ‘ख’ मा प्रत्यक्षतर्फ नेकपा एमालेबाट राजु लामाले दाबी प्रस्तुत गरेका छन् ।

लामो समयदेखि पत्रकारितामा रहेका लामा नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य समेत हुन् । उनले नुवाकोट १, प्रदेश ‘ख’ मा प्रत्यक्ष तर्फ दाबी गर्नुका आधार भन्दै सार्वजनिक गरेका छन् ।

नुवाकोटको क्षेत्र १, प्रदेश ‘ख’ अन्तर्गत रहेको राष्ट्रिय गौरवका आयोजना र विकास निर्माणमा जोड दिने उल्लेख गर्दै उनले मुख्यतः पासाङ ल्हामू राजमार्गलाई तत्काल कालोपत्र गर्न, ककनी गाउँपालिका अन्तर्गत साविक ओखरपौवा र चाउथेमा रहेको फोहोरको उचित र दीर्घकालिन व्यवस्थापन गर्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गरेका छन् ।

‘टोखा छहरे सुरुङ मार्ग निर्माण लगायतका मुद्दा सहित आगामी निर्वाचनमा प्रदेश सभा सदस्यमा पार्टीका तर्फबाट प्रत्यक्ष तर्फ मेरो उम्मेदवारी दाबी रहेको छ’ लामाको घोषणा छ ।

भौगोलिक रुपमा राजधानीबाट नजिक भए पनि शिक्षा, स्वास्थ्य, रोजगार र बिकास निर्माणमा नुवाकोट असाध्यै पछाडि रहेको भन्दै उनले क्रमिक रुपमा सुधार गर्दै युवाहरुलाई स्वरोजगार बनाउँदै कृषि, पर्यटन क्षेत्रमा आवश्यक कार्ययोजना बनाएर काम गर्ने बाचा गरेका छन् ।

लामा सुरुमा नेकपा माओवादी केन्द्र निकट थिए । नेकपा एमालेसँग एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि उनी नेकपामा सक्रिय थिए । सर्वोच्च अदालतले नाम सम्बन्धी विवादमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युताइदिएपछि लामा रामबहादुर थापा ‘बादल’सँगै एमालेमा रहेका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?