+
+

एमाले देवदह अध्यक्षले छाडे पार्टी, स्वतन्त्र उम्मेदवारीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ८ गते १७:४४

८ असोज बुटवल । नेपाल कम्युनिस्ट पार्टी एमाले देवदह नगरपालिका कमिटीका अध्यक्ष टीकाराम चापागाईंले पार्टी परित्याग गरेका छन् ।

देवदहमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारी र पार्टी सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले आगामी प्रतिनिधि सभा चुनावमा रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे । २०७४ सालमा भएको स्थानीय चुनावमा चापागाईं कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार हिरा केसीसंग झिनो मतले पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?