+
+

प्रेमगीत ३ : नेपालमा २ करोड हाराहारीको ओपनिङ, भारतमा ९२ लाख भारु नेट कलेक्सन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ८ गते १८:५७

काठमाडौं । ‘प्रेमगीत ३’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । मुलुकका डेढ सय पर्दाबाट रिलिज भएको फिल्मले शुक्रबार दुई करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ ।

काठमाडौं उपत्यकाका हलमा मात्र फिल्मले एक करोड ग्रसभन्दा बढी कमाइ गरेको विवरण उल्लेख छ । पहिलो दिनको देशव्यापी अकुपेन्सी ७० देखि शतप्रतिशत थियो । ‘प्रेमगीत ३’को ओपनिङ ‘कबड्डी ४’पछिको दोस्रो उच्च ओपनिङ हो । ‘कबड्डी ४’ले पहिलो दिन २ करोड ९० लाख ग्रस ओपनिङ गरेको थियो । ‘छक्कापञ्जा २’को ओपनिङ १ करोड ८० लाख थियो ।

‘प्रेमगीत ३’को ओपनिङ अहिलेसम्मकै दोस्रो सर्वाधिक उच्च ओपनिङ भएको वितरकहरुले जनाएका छन् । वितरक मनोज राठीले पनि दुई करोडभन्दा केही बढी ओपनिङ फिल्मले गरेको बताए ।

यसैबीच, ‘प्रेमगीत ३’को हिन्दी संस्करणले भारतीय बक्स अफिसमा ९२ लाख भारु नेट कलेक्सन (नेपाली झन्डै डेढ करोड रुपैयाँ) ओपनिङ गरेको तरण आदर्शले जनाएका छन् ।

‘भारतको ओपनिङ नेपाली फिल्मका लागि ठूलो उपलब्धि हो,’ वितरक राठीले अनलाइनखबरसँग भने, ‘यसले सुखद् संकेत गरेको छ ।’

नेपालमा दोस्रो दिन शनिबार फिल्मको नेपाली संस्करणको कमाइ २ करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?