+
+

फुटपाथ निर्माण गुणस्तरहीन भएपछि दोहोर्‍याएर बनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १२:३७

९ असोज,बुटवल । बुटवल उपमहानगरपालिकाको कालिकापथ सडकको फुटपाथ निर्माणमा ठेकेदारबाट गुणस्तरहीन काम भएको भन्दै विरोध भए पछि निर्माण व्यवसायी दोहोर्‍याएर निर्माण गर्न बाध्य भएका छन् ।

बुटवलको पुरानो बसपार्क (कृषि उपज केन्द्र)देखि योगिकुटीसम्मको भित्री सडकलाई ८२ फुटको कायम गर्दै नमुना सडक बनाउने गरी २०७६ सालमा सडक विस्तार योजना अगाडि बढेको थियो ।

होराइजनचोकदेखि तीनकुनेसम्मको फुटपाथमा प्रयोग गरिएका सामग्री कमसल र निर्माणमा ठेकेदारको लापरबाहीले सिमेन्टका टायलहरु उप्किने, भासिने र नालीको बीच बीचमा खुल्ला छाडिएपछि स्थानीयबासिन्दाले विरोध गर्दै निर्माण व्यवसायीसँग गुणस्तरीय काम गर्न माग गरेका थिए । संघीय र प्रदेश सरकारको वजेटमा निर्माण भइरहेको फुटपाथका लागि एमकेएसके पर्वतीय जेभीले ४ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

स्थानीयबासिन्दाको दबाबपछि निर्माण व्यवसायीले फुटपाथमा राखिएका टायल उप्काएर फेरि बनाउन थालेका छन् ।

गुणस्तरहीन कामसँगै सडकको मापदण्ड अनुसार फुटपाथ निर्माण नगरी खण्ड–खण्ड काम गरेर अलपत्र पारिएपछि स्थानीयबासिन्दा, उक्त क्षेत्रका प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री लिला गिरी र बुटवलकी कार्यवाहक नगर प्रमुख सावित्रादेवी अर्यालले अनुगमन गरी ठेकेदारलाई उपस्थित गराएर गुणस्तरीय काम गर्न आग्रह गरेका थिए ।
तीन वर्षमा सम्पन्न गर्नेगरी निर्माण सुरु भएको सडकको होराइजन चोकदेखि दक्षिणतर्फको खण्डमा सडक किनारा

अतिक्रमण हटाए पनि अझै काम सुरु हुन सकेको छैन । कालिकापथको होराइजन चोकबाट उत्तरतर्फको खण्ड निर्माणका लागि बिरुवा कालिगण्डकी जेभीले १५ करोड ९० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

स्थानीयबासिन्दाले फुटपाथ निर्माणका क्रममा निर्माण व्यवसायीले लापरवाही गरेको गुनासो गरेपछि आफैंले अनुगमन गरेर मापदण्ड अनुसार गुणस्तरीय काम गर्न आग्रह गरेको पूर्वमन्त्री गिरीले बताए । ‘उपभोक्ता सचेत भएर आवाज उठाएपछि निर्माण व्यवसायीले दोहो¥याएर काम गर्न वाध्य भएका हुन्’, गिरीले भने, ‘हरेक विकास निर्माणमा स्थानीय उपभोक्ता जागरुक हुने हो भने मात्रै गुणस्तरीय काम हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?